Comments Add Comment

ब्रिक्स सम्मेलन सुरु

२ मंसिर, काठमाडौं । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहितका मुलुकहरुको संगठन (ब्रिक्स)को १२ औं शिखर सम्मेलन सुरु भएको छ । अनलाइनबाट उक्त सम्मेलन सुरु भएको हो ।

ब्रिक्सको अध्यक्षता गरिरहेको मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सम्बोधन गर्दै यो सम्मेलन सुरु गरेका थिए । त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यो सम्मेलनलाई सम्बोधन गरेका थिए । उनले ब्रिक्सको अवधारणा महत्वपूर्ण मात्र नभई दुरदर्शी पनि रहेको बताएका थिए ।

त्यस्तै चिनियाँ राष्ट्रपति सि चिनफिङले पनि सम्मेलनलाई सम्बोधन गर्दै विश्वव्यापीकरणलाई सहयोग गर्न महामारीको सहारा लिनु उचित नहुने बताएका थिए । पछिल्लो समय बि्रक्सका मुलुकभित्र रहेको आन्तरिक मतभेदको कारण यो सम्मेलनलाई महत्वपूर्ण मानिएको छ । यो सम्मेलनमा विशेषगरी ब्रिक्सको आन्तरिक सहयोग बढाउने र विश्वव्यापी मुद्दाहरुमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment