Comments Add Comment

कराची किंग्सले जित्यो पीएसएल उपाधि

३ मंसिर, काठमाडौं  । कराची किंग्सले पहिलो पटक पाकिस्तान सुपर लिग (पीएसएल) टी-२० क्रिकेटको उपाधि जितेको छ । मंगलबार राति भएको खेलमा लाहोर कलन्दर्सलाई ५ विकेटले पराजित गर्दै कराचीले पाँचौ संकरणको उपाधि जितेको हो ।

बाबर अजामले कप्तानी इनिङस खेल्दै अर्धशतक प्रहार गरेपछि कराचीले १३५ रनको लक्ष्य १८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । अजामले ४९ बल खेल्दै ७ चौका मद्दतमा अविजित ६३ रन बनाए । विकेटकिपर चाडविक वाल्टनले २२ रन जोडे । लाहोरका लागि हरिस राउफ र दिलबर हुसेनले २-२ विकेट लिए ।

त्यसअघि नेशनल स्टेडियम कराचीमा टस जितेर पहिले ब्याटिङ गरेको लाहोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३४ रन बनाएको थियो । लाहोरका लागि ओपनर तमिम इकवालले सर्वाधिक ३५ र फकर जमानले २७ रन बनाए । अन्य खेलाडीले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । कराचीका वाकास मक्सुद, अर्शद इक्वाल र उमाइद आसिफले २-२ विकेट लिए ।

कराचीलाई च्याम्पियन बनाउन कप्तानी इनिङ्स खेलेका अजाम खेलको म्यान अफ दि म्याच भए । साथै उनी म्यान अफ दि टुर्नामेन्ट पनि घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment