+
+
Shares

मोदी र बाइडनबीच फोन वार्ता, द्विपक्षीय सम्बन्ध विस्तारमा जोड

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३ गते १६:३०
Reuters

३ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनबीच फोन वार्ता भएको छ । भारतको विदेश मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार उनीहरुको बीचमा इन्डो–अमेरिकी रणनीतिक सहकार्य बढाउने, सहुलियतपूर्णरुपमा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने, जलवायु परिवर्तन न्यूनीकरणका लागि कदमहरु चाल्नेलगायतका विषयमा विषयमा छलफल भएको थियो । वार्ताको क्रममा मोदीले बाइडनलाई निर्वाचनमा जित हात पारेकोमा बधाई पनि दिएका थिए ।

यसअघि बाइडनले भारतको सरकारले ल्याएका केही कानुन तथा कदमको विरोध गर्दै आएका थिए । तर, विश्लेषकहरुले भने अमेरिकाले चीनको प्रभाव रोक्नका लागि पनि आगामी दिनमा भारतसँग सहकार्य गरेर अघि बढ्नु जरुरी रहेको बताएका छन् । मंगलबार भारतीय विदेशमन्त्री एस जयशंकरले पनि भारत–अमेरिका सम्बन्ध बाइडनको कार्यकालमा थप मजबुत हुने बताएका थिए ।

यसअघि पनि बाइडन उपराष्ट्रपति रहेको बेलामा भारतले उनीसँग विभिन्न सम्झौता गरिसकेकाले भारतसँगको उनको सम्बन्ध सुमधुर हुन सक्ने विश्वास भारतीय पक्षले लिएको छ ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?