
५ मंसिर, काठमाडौं । हिजोआज मुख्य सडक र चोकमा खटिएका ट्राफिक प्रहरीले हातमा एउटा प्लेकार्ड पनि बोकेको देखिन्छ । जसमा सडक प्रयोग र सुरक्षाका बारेमा विभिन्न जनचेतनामूलक सन्देशहरु लेखिएका छन् ।
सवारी साधन चलाउनेहरुलाई ट्राफिक नियम पालना गर्न प्रेरित गर्ने पैदलयात्रीलाई सुरक्षित तरिकाले हिँड्न र बाटो काट्न प्रेरित गरिएका प्लेकार्डहरु उनीहरुले बोकेका छन् ।
जेब्राक्रसिङ र चोकमा ट्राफिक प्रहरी उभिएर सर्वसाधारणले देख्ने गरी प्लेकार्ड लिएका छन् । जसमा लेखिएका हु्न्छन् ‘जेब्राक्रसिङमा पैदलयात्रुलाई प्राथमिकता दिऔ, बाटो काट्दा सडक र दुई तर्फको सवारी साधनको गति गति र अवस्था हेरेर मात्र बाटो काटौं’ आदि ।
ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी रामेश्वर प्रसाद यादव सर्वसाधारणलाई सडक प्रयोग र सुरक्षाका विषयमा जनचेतना जगाउन विभिन्न उपाय अपनाइएको बताउँछन् ।
काठमाडौंका धेरै चोकमा डमी ट्राफिक प्रहरी राखेर उनीहरुको हातमा पनि जनचेतनामुलक प्लेकार्ड राखिएको छ । दसैं तिहार र छठ पर्वको अवसरमा दुर्घटना हुन सक्ने हुनाले यो बेलामा जनचेतना अभियान अझ तीब्र पारिएको उनले बताए ।
प्रतिक्रिया 4