Comments Add Comment

देवकोटा जयन्तीमा जनसम्पर्क समिति साइप्रसको कविता प्रतियाेगिता

काठमाडौं । नेपाली जनसम्पर्क समिति साईप्रसले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसरमा कविता प्रतियोगिता सम्पन्न गरेको छ । गत नोभेम्बर १५ का दिन नेपाल बाहिर साइप्रसमा रहेका नेपालीहरूलाई समेटेर भर्चुअल कविता प्रतियोगिता सम्पन्न गरिएको जनसम्पर्क समिति साइप्रसले जनाएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङलाई प्रमुख अतिथिको रूपमा बोलाइएको थियो । साथै, काँग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला, नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष सरस्वती अर्याल तिवारी लगायतको उपस्थिति थियो ।

कार्यक्रममा सहभागी प्रतिस्पर्धीको कवितामा डा. नवीन बन्धु ‘पहाडी’ दाहाल, डा. दूर्गा दाहाल र भगवति बस्नेतले निर्णायकको भूमिका निभाएका थिए । कुल २९ जनाको सहभागिता रहेको यस प्रतियोगिताको पहिलो चरणमा ५ उत्कृष्ट कविता छनोट भएका थिए भने ती उत्कृष्ट ५ कवितामध्येबाट वाचनशैली र उनीहरूको प्रस्तुतिको आधारमा निर्णय गरिएको निर्णायक समितिले जनाएको छ ।

जनसम्पर्क समिति साईप्रसका सभापति सीता अर्यालका अनुसार कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुनेलाई १००, ५०, २५ युरोको पुरस्कार राशि तोकिएको छ । उत्कृष्‍ट कवयित्रीहरुलाई साईप्रसमा कोभिड १९ समस्या सामान्य हुने बितिकै एक कार्यक्रमका बीच पुरस्कार वितरण गर्ने तयारी रहेको समितिले जनाएको छ ।

कविता प्रतियोगिता तथा शुभ दीपावलीको शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली काँग्रेसका आमन्त्रित सदस्यद्वय बालकृष्ण पाण्डे, भारत आनन्द बिष्ट अमेरिका , जनसम्पर्क समन्वय विभागका सदस्य दिल बहादुर गुरुङ , सूचना संचार तथा प्रचार विभागका सदस्यद्वय विमल सुवेदी र चिजकुमार तामाङ, नीति तथा प्रतिष्ठानका केन्द्रीय सदस्य गंगाधर गौतम, सभापतिहरू सुधीर राना फ्रान्स, राजेन्द्र बिरही कुबेत, पद्म सुन्दर रावल बहराइनको पनि उपस्थित थियो ।

त्यस्तै, युएईबाट पूर्वसभापति खेमराज बस्नेत, क्यानडाबाट उपसभापति डा.जितु उपाध्याय, कोरियाबाट उपसभापति जितेन्द्र महता, इजरायलबाट उपसभापति दिपिका भुसाल, कतारबाट महामन्त्री मोहद अजिज अलि, क्यानडाका महामन्त्री वसन्त कार्की, पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा, एनआरएनएनका प्रवक्ता दिनेश गौतम लगायत सम्पूर्ण संघसंस्थाका प्रतिनिधिहरूको उपस्थित थियो ।

कविता प्रतियोगितामा विष्णु काफ्ले प्रथम, द्वितीय अम्बिका पन्त थापा र तारा पौडेल, तेस्रोमा विविधता भारती र सान्त्वना पुरस्कार सुमित्रा पाठकले जीत हासिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment