Comments Add Comment

मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

५ मंसिर, काठमाडौं । मेक्सिकोमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मेक्सिकोमा अहिलेसम्म कोरोनाको कारण एक लाख १०४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र ५७६ जनाको मृत्यु भएको हो । मेक्सिको कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्ने चौथो मुलुक हो । अमेरिका, ब्राजिल र भारतमा यसअघि नै कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघिसकेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना संक्रमितको संख्या पनि १० लाख १९ हजार ५४३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा चार हजार ४७२ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो केही सातायता मेक्सिकोमा नयाँ संक्रमितको संख्या पुनः बढ्न थालेको छ । यद्यपि मृत्यु हुनेको संख्या भने घट्दो क्रममा छ । मेक्सिकोले मुलुकमा कोरोनाबाट धेरै मानिसको मृत्यु हुनुको कारण मानिसको अस्वस्थकर खानेकुरा र यसअघि नै रहेको स्वास्थ्य समस्या मुख्य कारण रहेको बताउँदै आएको छ ।

स्रोत : एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment