Comments Add Comment

घरमै जलासय बनाएर छठपूजा (फोटो फिचर)

५ मङ्सिर, काठमाडौं । शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ ।

आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले शुक्रबार बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्नेछन् ।

कोरोना भाइरस महामारीका कारण यस वर्ष विगतमा झैं मानिसहरु जलासयमा गएका छैनन् । धेरैले घरमै सांकेतिक जलासय बनाएर पूजा गरेका छन् । काठमाडौंको पशुपतिनाथ मन्दिर नजिकैको एक परिवारले घरमै बाटामा पानी राखेर जलासय बनाएर पूजा गरेका छन् ।

काठमाडौंको कमलपोखरीमा विगतमा धेरै तराई मधेसका वासिन्दाले छठ पूजा गर्ने गर्थे । यस वर्ष भने कमलपोखरीमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने ब्रतालुको संख्या निकै पातलो छ ।

सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकका रूपमा यो पर्व मनाइन्छ । यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ ।

काठमाडौंको कमलपोखरीमा छठ पूजा गरेको तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment