Comments Add Comment

किशोर उपन्यास ‘सेकुवा’ बजारमा

कृष्णदीप सिग्देलद्वारा लिखित किशोर उपन्यास ‘सेकुवा’ प्रकाशित भएको छ ।

स्वैरकल्पनासहितको यो किशोर उपन्यास शैली र प्रस्तुतिले किशोरावस्थाका पाठकका लागि उपयोगी रहेको छ । नेपाली साहित्यमा बालबालिका र वयस्क पाठकका लागि प्रसस्त सामग्री उपलब्द भए पनि किशोर उमेर समूहका लागि निकै कम किताब लेखिने गरेको छ ।

लेखकका अनुसार ‘सेकुवा’ किशोरकिशोरीका लागि एउटा कोसेली हो । लेखक सिग्देल भन्छन्, ‘किशोर-किशोरी लक्षित किताबकै खडेरी भएको अवस्थाको लागि यो पूर्ण समाधान त होइन तर अभावपूर्तिका लागि एउटा प्रयास भने पक्कै हो ।’
सिग्देलका यसअघि २ बाल उपन्यास प्रकाशित भइसकेका छन् भने चित्रपुस्तक लगायतका ७५ भन्दा बढी किताब बजारमा आइसकेको छ ।

‘सेकुवा’ किशोर उपन्यासमा चित्र सुमन महर्जनको छ । १८० पृष्ठको यो उपन्यासको मूल्य ३ सय ३५ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment