Comments Add Comment

पाकिस्तानमा इमरान खानको सरकार हटाउन माग गर्दै विपक्षीको प्रदर्शन

Photo Credit : EPA

७ कात्तिक, काठमाडौं । पाकिस्तानमा प्रधानमन्त्री इमरान खानको सरकार हटाउन माग गर्दै विपक्षीहरुले विरोध प्रदर्शन गरेका छन् । विपक्षी पार्टीहरुले श्रृङ्खलाबद्धरुपमा सरकारविरुद्ध विरोध प्रदर्शन गरिरहेका छन् । विपक्षीहरुले सन् २०१८ मा भएको निर्वाचनमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सेनाको सहयोगमा धाँधली गरेको आरोप लगाएका छन् ।

आइतबार पाकिस्तानको पेशावर सहरमा हजारौं प्रदर्शनकारीले प्रदर्शनको तयारी गरेका छन् । सरकारले भने कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन सक्ने भन्दै ठूलो समूहमा मानिसहरुको भेलामा रोक लगाएको छ ।

यसैबीच प्रधानमन्त्री इमरान खानले भने विपक्षीहरुले आफूमाथि लाग्न सक्ने भ्रष्टाचारको मुद्दाबाट पार पाउन आफूमाथि दबाव दिन विरोध प्रदर्शन गरेको आरोप लगाएका छन् ।

पाकिस्तानको सेनाले पनि सन् २०१८ को निर्वाचनमा हस्तक्षेप गरेको आरोप अस्वीकार गरेको छ र प्रधानमन्त्री स्वयंले पनि निर्वाचनमा सेनाले सहयोग नगरेको बताउँदै आएका छन् ।

पाकिस्तानमा गत अक्टोबर १६ यता पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम)ले सरकारविरुद्ध आन्दोलन गर्दै आएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment