+
+
Shares

बाइडनको ट्रान्जिसन टोलीलाई काम गर्न दिन ट्रम्प तयार

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ९ गते १२:१०

९ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचनमा विजयी भएका जो बाइडनको आधिकारिक ट्रान्जिसन टोलीलाई काम गर्न दिन तयार भएका छन् । यो टोलीले जो बाइडनले आफ्नो पदभार ग्रहण गर्नुअघि उनको लागि तयारी गर्नेछ ।

जनरल सर्भिसेज एडि्मनिस्ट्रेसन (जीएसए)ले आफूले बाइडनलाई ‘स्पष्ट विजेता’को रुपमा स्वीकार गरेको बताएको छ । ट्रम्पले जीएसएले जे गर्नुपर्ने थियो त्यो गरिरहेको बताएका छन् ।

उनले आफ्नो कानुनी लडाइँ भने जारी रहेको बताएका छन् । उनले जीएसएका कर्मचारीहरुको सुरक्षाको जोखिम बढेको भन्दै आफ्नो टोलीले पनि जीएसएले जे गर्नुपर्ने थियो, सो काम गर्न निर्देशन दिएको बताएका छन् ।

त्य0स्तै जीएसएले बाइडनलाई नवनिर्वाचित राष्ट्रपतिको रुपमा स्वीकार गर्ने निर्णयसँगै अमेरिकाको रक्षा मन्त्रालयले पनि बाइडनको टोलीलाई आवश्यक सहयोग प्रदान गर्ने बताएको छ । साथै बाइडनको ट्रान्जिसन वेबसाइट पनि अमेरिकाको सरकारी डोमेन बनेको छ ।

अमेरिकाको मिशिगन राज्यले बाइडनको जित भएको आधिकारिक घोषणा गरेसँगै जीएसएले यस्तो निर्णय गरेको हो । बाइडनले जीएसएको यो निर्णयको स्वागत गरेका छन् । बाइडनको टोलीले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘आजको निर्णय हाम्रो मुलुकले सामना गरिरहेको महामारी नियन्त्रण तथा अर्थतन्त्रलाई पुरानै अवस्थामा ल्याउने चुनौतीसँग लड्नका लागि आवश्यक थियो ।’

बाइडनले यसअघि नै आफ्नो विदेशमन्त्रीमा एन्थोनी ब्लिन्केनलाई छानेका छन् भने जोन केरीलाई पर्यावरण दूत बनाउने बताएका छन् । त्यस्तै फेडरल रिजर्वकी पूर्व प्रमुख जनेत येल्लनलाई अर्थमन्त्री बनाउने बताएका छन् । येल्लन अमेरिकाको पहिलो महिला अर्थमन्त्री हुनेछिन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?