Comments Add Comment

आर्यनको सोच त बदलियो, तर मेकरको कथा ?

नायक आर्यन सिग्देलले करिअर उत्कर्षमा पुगेको समयमा पैसा मात्र हेरे । करिअरमा नम्बर १ नायक बनेर चलचित्र क्षेत्रमा बर्चस्व कायम गरिरहँदा उनीसँग राम्रो कथामा थोरै काम गर्ने अवसर थियो । तर, उनले चाडै पैसा कमाउने धुन कस्दा करिअर पनि खस्कियो ।

उनै, आर्यन अब चलचित्र हतारमा गर्ने पक्षमा भने छैनन् । आर्यनलाई दर्शकले लभर ब्वाइको रुपमा रुचाएका थिए । आर्यन फेरि यसलाई नै निरन्तरता दिने तयारीमा छन् । निर्माण हुन लागेको नयाँ चलचित्र ‘डिसेम्बर फल्स’मा पनि आर्यन चकलेटी यूवाको भूमिकामा देखिदैछन् ।

आर्यनले हतारमा जस्तो पनि कथामा काम गर्ने सोच त्यागेका छन् । तर, आर्यनलाई लिएर उत्कृष्ट कथामा काम गर्ने मेकर पाउन सहज होला त । यो आफैमा आर्यनका लागि पनि खडा भएको प्रश्न हो ।

आर्यनले आफूले एक बर्षसम्म नयाँ चलचित्र साइन नगर्नुको कारण ब्रेक लिनका लागि नभएको बताएका छन् । परिस्थिती नै सोही अनुसार भएकाले आर्यनले एक बर्षसम्म नयाँ चलचित्र साइन नगरेका हुन् ।

आर्यनले पुरानो क्रेज फर्काउन प्रयास त गरिरहेका छन् । तर, बक्स अफिस उनले सोचे जस्तो देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

कृतीको व्यस्तता

Advertisment