+
+
Shares

कृतीको व्यस्तता

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ११ गते १२:३१

बलिउडमा कुनै कलाकारलाई भ्याइनभ्याई छ भने कुनै कलाकारसँग काम छैन । नायिका कृती सेननको व्यस्तता अरु नायिकाको भन्दा फरक छ । लगातार हिट चलचित्र दिएपछि बलिउडका चर्चित ब्यानरको रोजाइमा परेकी कृतीसँग आउँदो बर्षका लागि नयाँ चलचित्रको अभाव छैन ।

भारतीय मिडियाका अनुसार, कृती ७ वटा नयाँ चलचित्रको स्क्रिप्ट पढिरहेकी छिन् । उनी, आउँदो बर्ष ५ वटा नयाँ प्रोजेक्टमा काम गर्ने तयारीमा रहेको बताइएको छ । ‘बरेलीकी बर्फी, लुकाछिपी र हाउसफूल ४’पछि लकडाउनका कारण परिवारसँग समय बिताएकी कृती अब भने चलचित्रमा पुरा समय दिने तयारीमा छिन् ।

कृती चलचित्र ‘मिमी’मा काम गरिरहेकी छिन् । यो चलचित्रले सरोगेट आमाको भूमिकामा काम गर्दैछिन् । यस्तै, उनी नायक अक्षय कुमारसँग चलचित्र ‘बच्चन पाण्डे’मा पनि काम गर्ने तयारीमा छिन् ।

बलिउडमा परिवारवाद हाबी भएको बताइन्छ । तर, कृती जस्ता बलिउडको परिवार भन्दा बाहिरबाट आएका नायिकाहरुको करिअर पनि चम्किरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?