Comments Add Comment

बाराबाट १० जुवाडे पक्राउ

१२ मंसिर, वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिकाबाट प्रहरीले १० जना जुवाडेलाई पक्राउ गरेको छ ।

जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने ३९ वर्षीय राजेन्द्र उप्रेती, ३९ वर्षकै दिपक भट्टराई, वडा नं ९ बस्ने ३७ वर्षीय प्रल्हाद दुलाल, वडा नं ७ ४८ वर्षीय राजेश गिरी, ४५ वर्षीय श्याम सिंह, वडा नं १ बस्ने ४२ वर्षीय रोबिन दहाल, बाराको निजगढ नगरपालिका ९ बस्ने ३८ वर्षीय सन्तोष श्रेष्ठ, वडा नं ७ बस्ने ३० वर्षीय सुनिल श्रेष्ठ, ३४ वर्षीय अशोक लामा, २६ वर्षीय राज लामा पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा सिमरास्थित सिमरा पाराडाइज होटलमा बिहीबार राति छापामारी उनीहरुलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

होटलबाट जुवा खेल्न प्रयोग भएका म्याट, पाउडर, १६ थान कौडा र नगद ५ लाख ८२ हजार ५ सय ५० रुपैयाँ बरामद भएको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बारामा ल्याई जुवा मुद्दा अन्र्तगत मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको उनले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment