+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
146/4 (18.3)
VS
Lumbini Lions won by 6 wickets
चितवन राइनोज 2025
142/7 (20)
Shares
पुस्तक अंश :

दिव्योपदेश : पृथ्वीनारायणको अर्ती

डा. कर्णबहादुर थापा डा. कर्णबहादुर थापा
२०७७ मंसिर १३ गते १०:१४

‘बुढा मरै, भाषा सरै, भनि भन्छन्, तिमीहरू सबैछेउ सुनाइ गयाको भया, तम्रा सन्तानलाई, सुनाउला र, तम्रा सन्तानले, हाम्रा सन्तानलाई, सुनाउनन् र, यो राजे थामि षानन् ।’

यस्ता दिव्य विचारधाराहरू पृथ्वीनारायणका हृदयबाट समय–समयमा फुटेका छन् र श्रोताहरूले लेखिराखेका कतिपय फेला परेका क्रमशः प्रकाशमा आउने छन् । नेपाल जितेर दशैं मान्न गएका बेलामा गोर्खा मूल राजधानीमा बाँधेको धुँवा विर्ताको स्थिति तथा देवीघाटमा प्राण प्रयाणका समयमा दिएको मर्मस्पर्शी करूण अनुकरणीय र स्मरणीय दिव्यअर्ति आदि अनेक प्राप्त एवं अनुसन्धेय छन् ।

(यहाँ पृथ्वीनारायणका केही विशेष अर्तिको त्यही भाषामा विस्तार गरिएको छ ।)

पृथ्वीका अर्तिहरूमा प्राधान्येन–अवतरणिका, उद्देश्य, उत्थानिका, रूपक, सन्धि, रोज खोज=चुनाव, हातेमालो, पृष्ठरक्षा, वरप्राप्ति, प्रयाण, प्रथम जय, परराष्ट्रनीति, युद्धनीति, गृहनीति, शैलदुर्ग, स्थितिरीति, तीन सहर, व्यापारनीति, कुटीर उद्योग, जनधन, कर्मचारिनीति, राष्ट्रियता, नियुक्ति, न्यायस्वरूप, सैनिकनीति, जनसैनिक राजसम्पर्क, राजाज्ञा, मौलभृत्य, मुद्रानीति, न्यायव्यवस्था, खनिजविकास, कृषिविकास, सिंहावलोकन, मुगलदमन, फिरङ्गिदमन, इतिहास, सैन्यविन्यास, राष्ट्ररक्षा इत्यादि सभ्य समृद्ध राष्ट्रलाई चाहिने कुराको सूत्ररूपमा उपदेश छ ।

पृथ्वीलाई आफ्ना राष्ट्रको भौगोलिक स्थितिको यथावत परिचय थियो । दुई ढुङ्गाको तरूल भनेर लघु रूपकमा महत्त्वपूर्ण निर्देश गरेका छन् उनले । पृथ्वीले आफ्ना इतिहासको सिंहावलोकन र सारोद्धार पनि गरी उपयोग गरेका थिए । मगरातको राजा मै हुँ भनेर इङ्गित गरेका छन् । पृथ्वीलाई देशानुकूल युद्धमा ठूलो अनुभव थियो । ‘जाइकटक नगर्नु झिकिकटक गर्नु’, भनेर सामरिक हानी–लाभ दर्शाएका छन् । पृथ्वीले देश जनतालाई धनधान्य, समृद्ध बनाइराख्ने स्वानुरूप उपाय जानेका थिए र सर्वे भवन्तु सुखिनः भन्ने उदार भावना राखेका थिए ।

‘गोढप्रसाहदेखि उँभो आउन नदिनु’, ‘नमना देषाइ सघाउनु, पानि चलाउनु, अवाद गर्नु’, ‘राजाका भण्डार भन्याका रैतिहरू हुन्’, ‘प्रजा मोटा भया दरवार बलियो रहन्छ’, इत्यादि वाक्यहरू तेस वातका निदर्शन छन् ।

मालमा ५ पाथीको भाव छँदैछ । पृथ्वीले आफ्नै जीवनमा माथिका पद्धतिले गोर्खा राष्ट्र सामर्थ्यशाली बनाइसकेका थिये । भ्रष्टाचारी कर्मचारीका आडमा परचक्रीले खुट्टा टेकछन् । हरिपले दगा गर्छ भनेर पृथ्वी न्यायपालिका र कार्यपालिकाको नियुक्ति ठूलो विवेक राखेर गर्थे । ‘

‘घुस दिन्या र घुस खान्या इन दुइको ता धन जिउ गरि लियाको पनि पाप छैन, दुनिया जस देखि राजि रहन्छन्, उसैलाइ कजाइ दिनु’, इत्यादि वाक्य तेस कुराका साक्षी छन् ।

पृथ्वीमा ‘जननी जन्मभूमिश्च : स्वर्गादपि गरीयसी’ भन्ने सच्चा मातृभक्ति र मातृभूमिभक्ति थियो । फलस्वरूप मातृ मातुलशिक्षाले पृथ्वीलाई पृथ्वीनारायण शाह बनायो । पृथ्वीनारायण र मानदेवका जीवन चरित्रमा आमाको र मामाको योगदान छ । संसारका प्रायः सबैजसो महान् व्यक्तिहरू मातृशिक्षाले फष्टाएका छन् । तेसैले मातृशिक्षा मातृभाषा मातृभूमिहरूले गौरव पाएका हुन् । आपकी कमाइ र बापकी कमाइमा अन्तर हुन्छ । पृथ्वीले गरेका राष्ट्रिय एकतामा पृथ्वीको ठूलो ममत्व थियो ।

द्रव्यदोषदर्शी दूरदर्शी पृथ्वीले, अति सर्वत्र वर्जयेत्, भनेर राजानुनीवीवर्गको, हुर्मत मात्रै राषि दिनु, दौलथ भयेकाले तरवारमा पनि मर्न मार्न सक्तैनन् र हरिपको चमक हुन्छ, भनेका छन् । हो पनि । दाल, भात, तर्कारी, जिउ धन सर्कारी, भन्नेले देश जाति धर्मका निमित्त जत्तिको कम्मर कस्छ उत्तिको धनीहरूले कस्तैनन् । उनलाई जिउधन वचाउनाको फिक्रि हुन्छ । स्वतन्त्रता बचाउने उत्तिको चिन्ता राखतैनन् । विरलाकोटी अपवाद हुनु अर्कै कुरा हो । प्रजा मोटा भया दरवार बलियो रहन्छ, भन्ने पृथ्वीको विभज्यभोजी नीति हो ।

गुलियो खाने लाइ लुतो लाग्छ । नुन धेरै खानै सकिन्न । घूस खानु र भूस खानु एकै हो । ‘अन्यायेनाजितं वित्तं दशवर्षाणि तिष्ठति । प्राप्त त्वेकादशे वर्षे समूलंच विनश्यति ।’

त्यो न होस् भनेर गुड पछि लाग्न न दिनु नुन पछि लाउनु, भनेका छन् । अर्थात कसैको घूस खान न दिनु । सत्यका कमाइमा लगाउनु भनेको हो । देशका निमित्त देह अर्पण गर्ने सैनिक वीरका पुण्यस्मृतिमा विवेक राखी उसका परिवारलाई वीरता दिनु कर्मठ सैनिकको आव्हन गर्नु हो र राष्ट्रलाइ बलिष्ठ पार्नु हो भन्ने नीतिको निदर्शन पृथ्वीले यसरी गरेका छन्–

लडाइँमा पनि हान्न्या र सष दिन्या, दुवै वरावर हुन् मर्यो भन्या, उसका छोरा षुडाहान्न्या न हुञ्ज्याल मरवट दिनु, षुडा हान्न्या भयापछि, जागिरमा उकाली दिनु र, राजाले विवेक राषि आउन्छन् र, यस्व भया तरवारिया सिपाहि हात लाग्छन्, इत्यादि ।

यसर्थ ‘दिव्य उपदेश’लाई पृथ्वीको अर्ति भन्न सकिन्छ, जीवन–चरित्र भन्न सकिन्छ, राष्ट्रनिर्माण पद्धति भन्न सकिन्छ, राष्ट्र सञ्चालन विधान भन्न सकिन्छ र धर्मानुशासन भन्न सकिन्छ । यस्ता कुराको अध्ययन सबैले गम्भीरतापूर्वक गरेर सारग्रहण गरी सदुपयोग गर्नु राम्रो छ ।

(महायोगी गुरू गोरखनाथ विरचित यी भावहरू डा. कर्णबहादुर थापाले लिपिबद्ध गरेका छन् । पुस्तकमा पृथ्वीनारायण शाहमाथि गुरु गोरखनाथले विचार गरेका कुराहरू व्याख्या गरिएका छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?