
१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा जिल्लानगरतर्फको मतगणना सकिएको छ । जिल्ला-नगरतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा पनि प्रधान प्यानलको वर्चस्व छ ।
जिल्ला नगरतर्फको उपाध्यक्षमा प्रधान समूहबाट दिनेशलाल श्रेष्ठ विजयी भएका छन् ।
राजन श्रेष्ठ, तारानाथ घिमिरे, शोभाकान्त पौडेल, कमल कुमार श्रेष्ठ, गजेन्द्र कुमार भगत, चक्रबहादुर अधिकारी, अरुणराज सुमार्गी, देव कुमार श्रेष्ठ, रामेश्वर मानन्धर, कमान बहादुर खड्का र सुरकृष्ण वैद्य विजयी भए ।
यसैगरी कुविर कुमार श्रेष्ठ, डिबी बस्नेत, गोपाल केडिया, महेन्द्र कुमार श्रेष्ठ, उमेश डालमिया, किशोर कुमार आचार्य र अमृत भट्टचन पनि जिल्ला नगरतर्फको कार्यकारिणी सदस्यमा निर्वाचित भए ।
जिल्ला नगरतर्फको सबै १०५ भोट नै खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4