Comments Add Comment

अफगानिस्तानमा कार बम विष्फोटमा परी कम्तीमा ३० सुरक्षाकर्मीको मृत्यु

१४ मंसिर, काठमाडौं । अफगानिस्तानको घान्जी प्रान्तमा आइतबार भएको कार बम विष्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार विष्फोटको प्रकृति र स्थान हेर्दा मृतकको संख्या अझै बढ्न सक्छ । घान्जीको प्रोभिन्सियल हस्पिटलका निर्देशक बाज मोहम्मद हेमातले उक्त विष्फोटमा अहिलेसम्म ३० शव फेला परेको र २४ घाइतेलाई अस्पताल ल्याइएको छ । उनीहरु सबै सुरक्षाकर्मी रहेको हेमातले बताए ।

यो विष्फोट अफगानी सेनाको नागरिक सुरक्षा बलको कम्पउण्डलाई लक्षित गरी गराइएको थियो । विष्फोटको कारण कम्पाउण्डको वरिपरि रहेका मावन बस्तीमा पनि क्षति पुगेको छ । अफगानिस्तानका इन्डेरियर मन्त्रालयका प्रवक्ता तारिक आरियनले कार बम विष्फोट भएको पुष्टि गर्दै मृतक र लक्षित गरिएको स्थानबारे भने कुनै जानकारी दिएका छैनन् । अहिलेसम्म यो विष्फोटको जिम्मेवारी कुनै पनि संगठनले लिएको छैन ।

पछिल्ले केही महिनामा अफगानिस्तानमा तालिबानसँग वार्ता चलिरहेको भए भने हिंसाको मात्रा भने बढिरहेको छ । आइतबार अर्को प्रान्त जाबुलमा गराइएको विष्फोटमा परी एकजनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment