+
+
Shares

पाल्पामा दुईजना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १७ गते ८:५२

१७ मंसिर, बुटवल । पाल्पा र स्याङजाका थप एकरएकजना कोरोना संक्रमितको उपचारको क्रममा पाल्पामा मृत्यु भएको छ ।

पाल्पाको बगनासकाली गाउँपालिका-१ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका-४ का ३९ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

मेडिकल कलेजका अनुसार पाल्पाका पुरुषमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको र १४ गते अस्पताल भर्ना भएका थिए ।

मंसिर १ गते अस्पताल भर्ना भएका स्याङजाका पुरुषमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?