Comments Add Comment

पुष्पको हातमा फिल्म नै फिल्म

नायक पुष्प खड्काको माग चलचित्र बजारमा ह्वात्तै बढेको छ । देशका चर्चित ब्यानरले समेत उनलाई रुचाउन थालेका छन् । यसैले पनि उनको हातमा चलचित्रको अभाव छैन । पुष्पले अभिनय गरेको चलचित्र ‘दाल भात तरकारी’ गतबर्ष रिलिज भएको थियो । दुबै चलचित्रले औषत व्यापार गरेपनि पुष्पको अभिनयलाई पनि दर्शकले रुचाएका थिए ।

चलचित्र ‘मंगलम’मा पुष्पको अभिनयले तारिफ मात्र पाएन, उनले ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत प्राप्त गरेका थिए । उनै, पुष्प खड्का यतिबेला एकपछि अर्को चलचित्रमा काम गरिरहेका छन् । पुष्प यतिबेला चलचित्र ‘कृष्ण–लीला’मा काम गरिरहेका छन् । यो चलचित्रको छायांकन इलाममा भैरहेको छ ।

उनै, पुष्पले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग ‘मारुनी’पछि ‘रेड वाइन’मा काम गर्ने पक्का भैसकेको छ । यो चलचित्रको छायांकन केही दिनमा सुरु हुने वुझिएको छ । चलचित्र ‘कृष्ण–लीला’को छायांकन सकिएपछि पुष्प ‘रेड वाइन’मा व्यस्त हुनेछन् । पुष्पले एक अनटाइटल प्रोजेक्टमा पनि काम गर्ने पक्का भैसकेको छ । मुकुन्द भट्टको निर्देशनमा बन्ने एक्सन चलचित्रमा पुष्पले काम गर्दैछन् । यो चलचित्रका लागि पुष्पले केही समय एक्सन समेत सिक्नेछन् ।

पुष्पले अभिनय गरेको चलचित्र ‘चालबाज’ रिलिजका लागि तयार हुँदैछ । यसरीहेर्दा, आउँदो बर्षसम्म चलचित्र रिलिज हुने वातावरण बनेको खण्डमा पुष्पका ४ चलचित्र दर्शकमाझ आउने पक्का छ ।
नेपाली चलचित्रमाथि भैरहेको एकपछि अर्को लगानीले कस्तो प्रतिफल पाउने हो, यो भने हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment