Comments Add Comment

मौद्रिक नीति समीक्षाको आन्तरिक तयारी सकियो, एक-दुई दिनभित्रै सार्वजनिक गरिने

१८ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकलु चालु आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको मौद्रिक नीतिको त्रैमासिक समीक्षाको तयारी लगभग पुरा गरेको छ । एक/दुई दिन भित्रै सार्वजनिक गर्ने गरी मौद्रिक नीतिको समीक्षा तयार पारिएको राष्ट्र बैंकका एक अधिकारी जानकारी दिए ।

ति अधिकारीका अनुसार मौद्रिक नीतिको समीक्षाका विषयमा सरोकारवालाहरुसँग समेत छलफल गरेर तयार पारिएको हो । ‘अब तल्लो तहबाट समीक्षाका लागि गर्नुपर्ने सबै काम सकिएको छ, सुझावहरु पनि सकेसम्म समेट्ने प्रयास भएको छ’ उनले भने, ‘आज-भोलि नै पनि सार्वजनिक गर्न सकिने तयारी छ ।’

समीक्षाका लागि केही दिन पहिले नै खाका तयार पारेर नियमन विभागले गभर्नर कार्यालय पठाइसकेको छ । अब राष्ट्र बैंक सञ्चालक समितिले बैठक बसेर पारित गर्ने तयारी गरिएको गभर्नर कार्यालय स्रोतले बताएको छ ।

स्रोतका अनुसार मौद्रिक नीतिको समीक्षामा खासै केही परिवर्तन गरिएको छैन । सामान्तया धेरै परिवर्तन अर्धवार्षिक समीक्षाबाट गर्ने प्रचलन  छ । यसकारण पनि अहिले खासै केही परिवर्तन नगरिएको राष्ट्र बैंक स्रोत बताउँछ । यद्यपि, सञ्चालक समितिले केही परिवर्तन गरेर सार्वजनिक गर्न भने सक्नेछ ।

अहिले राष्ट्र बैंकको सञ्चालक समिति बैठक कहिले बस्ने भन्ने टुंगो लागेको छैन । छिटोमा बिहीबार वा शुक्रबार नै वा ढिलामा आगामी साता समीक्षा सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment