Comments Add Comment

रामचन्द्र पौडेलले गरे बुल्दीखोलाको पुल उद्घाटन

बुल्दी पुल उद्घाटन गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल। तस्वीर सौजन्य : कृष्ण न्यौपाने ।

१८ मंसिर, पोखरा । नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार उद्घाटन गर्न नपाएको तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका छन् । पौडेल बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका थिए ।

बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई ३ घण्टापछि छाडेको थियो ।

तर बिहीबार भने उक्त पुल उद्घाटनमा प्रशासनले अवरोध गरेन । बिहीबार कांग्रेसका कार्यकर्ताले बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजीसमेत गरेका थिए ।

२०७३ साल वैशाखमा निमाणको सम्झौता भएको पुलको लागत २ करोड ५४ लाख रुपैयाँ रहेको थियो । पुल २०७५ कात्तिक ९ गते नै निर्माण सम्पन्न भएको थियो ।

तस्वीर सौजन्य : किरण श्रेष्ठ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment