+
+
Shares

सार्वजनिक खोप कार्यक्रम सुरु गर्न रुसी राष्ट्रपति पुटिनको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १८ गते १६:२९

१८ मंसिर, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अधिकारीहरुलाई आगामी साताबाट कोरोना भाइरसविरुद्ध सार्वजनिक खोप कार्यक्रम सुरु गर्न निर्देशन दिएका छन् । गत महिना रुसी कम्पनीले निर्माण गरेको कोरोना खोप स्पुतनिक भी संक्रमण नियन्त्रणको लागि ९२ प्रतिशत प्रभावकारी रहेको विवरण सार्वजनिक भएको थियो ।

रुसले अबको केही दिनमा २० लाख डोज खोप उत्पादन गर्ने पुटिनले दाबी गरे । उनले सबैभन्दा पहिला शिक्षक र मेडिकल क्षेत्रमा काम गर्ने मानिसहरुले यो खोप पाउने बताए । पुटिनले सहायक प्रधानमन्त्री टाटयना गोलीकोभासँग भने, ‘यो विषयमा सहमति गरौं कि तपाईंले मलाई अर्को साता रिपोर्ट बुझाउनुपर्दैन तर सार्वजनिक खोप कार्यक्रम सुरु गर्नुपर्नेछ । काम पहिला नै गरौं ।’

यसअघि रुसले सुरुमा यो खोप रुसी नागरिकले पाउने र अन्य मुलुकमा पनि आपूर्तिको लागि छलफल भइरहेको बताएको थियो । रुसमा निर्माण भइरहेको खोप रुसका नागरिकहरुलाई पर्याप्त हुने रुसले बताएको छ । रुसका स्वास्थ्यमन्त्री मिखाइल मारास्कोका अनुसार अहिले रुपमा एक लाखभन्दा धेरै मानिसहरुलाई यो खोप दिइसकिएको छ ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?