+
+

चौरसिया हत्याको घटनामा २ जना पूर्पक्षका लागि थुनामा

सुरेश बिडारी सुरेश बिडारी
२०७७ मंसिर १८ गते १७:१२

१८ मंसिर, वीरगञ्ज । नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्या अभियोगमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।

पर्सा जिल्ला अदालतमा थुनछेक बहसपछि न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले अखिलेश भनिने अशेसर प्रसाद चौरसिया र उत्तम भनिने निरञ्जन तिवारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हुन् ।

पक्राउ परेका ५ जनामध्ये अरु दुई जनालाई भने अदालतले २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । एक जना नाबालकलाई भने साधारण तारेखमा रिहा गर्दै अभिभावकको जिम्मा लगाउन आदेश दिएको अदालतका श्रेस्तेदार कृष्ण अधिकारीले जानकारी दिए ।

हनिफ मियाँ र देवा सहनीसँग २÷२ लाख रुपैयाँ धरौटी माग गरिएको छ । बुधबार नै धरौटी बुझाएर उनीहरु रिहा भइसकेका छन् । कात्तिक ६ गते विन्दबासिनी गाउ कमिटिको सपथ ग्रण समारोहमा दुई पक्षबीच झडप हुँदा मुकेश गम्भिर घाइते भएका थिए ।

त्यसको भोलिपल्ट उपचारको क्रममा मुकेशको मृत्यु भएको थियो । घटनामा संलग्न रहेको आरोपमा दुई पक्षबाट १ बालक सहित २८ जना विरुद्ध मुद्धा दर्ता गरिएको थियो ।

प्रहरीको राय प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले संविधान सभा सदस्य राजकुमार गुप्ता सहित ७ जनाविरुद्ध मुद्धा चलाएको थिएन ।

बाँकी १६ जनालाई प्रहरीले अझै पक्राउ गरेको छैन । प्रतिवादीहरु निवेदन लिएर अदालत आएको खण्डमा बयान लिएर प्रक्रिया अगाडि बढाउने अन्यथा उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी हुने इजलास सहायक सञ्जय कुमार यादवले जानकारी दिए ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?