Comments Add Comment

नेपाल र भारतमा अनुभव नभएका कम्पनीलाई मल आयातको ठेक्का नदिइने

१८ मंसिर, काठमाडौं । कृषि सामाग्री कम्पनी लिमिटेडले रासायनिक मल खरिदको ठेक्कामा सहभागी हुने कम्पनीको योग्यता कसिलो बनाएको छ ।

अुनभवबिनाका कम्पनीले ठेक्का हत्याएर मल आयात प्रभावित बनाइदिएपछि ठेक्कामा सहभागीता जनाउने योग्यतालाई कसिलो बनाइएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए ।

अब नेपाल वा भारतमा मल आयात गरेको अनुभव भएको कम्पनीले मात्रै ठेक्कामा भाग लिन पाउने भण्डारीले बताए । टेन्डर स्पेसिफिकेसनमानै कडाइ गरेर मल ल्याउने क्षमता नभएका कम्पनीलाई ठेक्का प्रक्रियामा सहभागी नदिइने प्रबन्धक भण्डारीको भनाइ छ ।

यस्तै कम्पनीको वित्तीय अवस्था तथा कम्पनीले बैंकमार्फत गरेको कारोबार क्षमता हेरेर मात्रै ठेक्का दिइने कम्पनीले जनाएको छ ।

वित्तिय क्षमता यसअघि पनि हेर्ने गरिएको भएपनि अनुभव नतोक्दा समस्या भएको कम्पनीको भनाइ छ ।

मल ल्याउन अनुभव नभएका तीनवटा नेपाली कम्पनीले हत्याएको यसअघि ठेक्काबाट मल नआउने निश्चित भएको पनि कम्पनीले बताएको छ । दुई कम्पनीलाई कारबाहीको प्रक्रिया सुरु गरेर नयाँ ठेक्क्ा प्रक्रिया थप कसिलो बनाइने कम्पनीका सूचना अधिकारी विष्णु पोख्रेलले जानकारी दिए ।

कृषि सामाग्रीको कारोबारमा कर लगाउने गरी अर्थ मन्त्रालयले निर्णय गरेपछि कृषि सामग्रीले गर्ने ठेक्कामा कर लाग्न सुरु भएको थियो । कर सम्बन्धी व्यवस्थाअुसार ठेक्का सहभागी हुने ठेकदारले कुल ठेक्को ५ प्रतिशत र त्यो नेपाली भए १.५ प्रतिशत मात्रै कर लाग्ने गरी व्यवस्था भएको थियो । सोही व्यवस्थाले नेपाली कम्पनीलाई ‘लो बिड’ गर्न हौस्याएको थियो ।

करको दरमा स्वदेशी र विदेशी बीच ३.५ प्रतिशतको फरक भएपछि करबापतको बचत रकमबाट सस्तोमा मल किन्न सक्नेगरी स्वदेशी कम्पनी ठेक्कामा घुसेको उनले बताए ।

कम मूल्यमा ठेक्का हात पारेपनि अनुभव र क्षमता नभएपछि उनीहरुले मल ल्याउन नसकेको भण्डारीले बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment