+
+
Shares

दुई दिनमै रोकियो एन्टिजेन टेष्ट

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १८ गते २०:३७

१८ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा सुरु भएको एन्टिजेन टेष्ट दुई दिनमै रोकिएको छ । ईपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखाका अनुसार सोमबार र बुधबार गरी दुई दिनमा १५ सय जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

‘दुई दिनमा ३ हजार नमुना संकलन गर्ने भनिएतापनि १५ सय मात्र गर्न सकियो, त्यसमा १ सयको हाराहारीमा पोजेटिभ आयो’ महाशाखाका प्रमुख वासुदेव पाण्डेले भने ।

पाण्डेका अनुसार राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद र स्थानीय तहहरुसँग मिलेर एन्टिजेन परीक्षण गरिएको थियो ।

सोमबार कोटेश्वर, धुम्बाराही, विशालनगर, चाबहिल, मित्रपार्क, बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिएको थियो भने बुधबार १०, १४ र १६ वडाको परीक्षण गरिएको थियो ।

तर पीसीआर गर्दा १५ प्रतिशत संक्रमण देखिएको बेला एन्टिजेनमा ८ प्रतिशत मात्र देखिएकाले के गर्ने भन्ने छलफल भइरहेको छ । ईडीसीडीका प्रमुख पाण्डेले भने, ‘अब स्थानीय पालिकाका प्रतिनिधि र एनएचआरसीसँग छलफल गरेपछि हामी फेरि एन्टिजेन टेष्ट सुरु गर्छौं ।’

पाण्डेका अनुसार ५०० भन्दा बढी केस भएका स्थानलाई हटस्पट मानिएको छ । त्यस्ता स्थानहरुमा संक्रमितको कन्ट्याक्टमा आएकाहरुको परीक्षण गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?