Comments Add Comment

प्राविका एक शिक्षक जसले आफूले जितेको १० लाख डलर पुरस्कार प्रतिस्पर्धीसँग बाँडे

१९ मंसिर, काठमाडौं । बालिका शिक्षाको पक्षमा अभियान चलाएवाफत १० लाख डलर राशीको ‘ग्लोबल टिचर प्राइज’ बाट सम्मानित भएका एक शिक्षकले आफूले पाएको पुरस्कारको रकम आफ्ना प्रतिस्पर्धीहरुसँग बाँड्ने घोषणा गरेका छन् ।

आफूले पाएको पुरस्कार बाँड्ने घोषणा गर्ने शिक्षक भारतका रणजित सिंह डिस्ले हुन् । महाराष्ट्र राज्यको सोलापुर जिल्ला निवासी उनी प्राथमिक स्कुलका गणित शिक्षक हुन् ।

‘ग्लोबल टिचर प्राइज’ समारोह युनेस्कोको सहयोगमा वार्के फाउन्डेसनले आयोजना गर्दछ । यसको संस्थापक सनी वार्के हुन् । अनलाइन समारोहमा यो पुरस्कार विजेताको घोषणा अभिनेता स्टिफन फ्राइले गरेका थिए ।

१२ हजार प्रतिस्पर्धीहरुलाई पछि पार्दै विजेता बनेका ३२ वर्षीय रणजित सिंह भन्छन्, ‘एक शिक्षकले सधैं दिने र बाँड्ने कुरामा विश्वास गर्छ । त्यसैले मैले पनि पुरस्कारको आधा रकम ती शिक्षकहरुसँग बाँड्नेछु जसले शीर्ष १० (टप टेन) मा स्थान बनाएका थिए ।’

इटली, ब्राजिल, भियतनाम, मलेसिया, नाइजेरिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया, अमेरिका र व्रिटेनका शिक्षकहरु टपटेनमा थिए । अब उनीहरुले ४०–४० हजार पाउन्ड पाउने छन् ।

‘ग्लोबल टिचर प्राइज’को प्रतिस्पर्धामा टप टेनमा पुगेकाहरुमध्ये ब्रिटेनका शिक्षक जेमी फ्रोस्टले स्पेशल कोभिड हिरोको पुरस्कार पाएका छन् । ३४ हजार पाउन्डको यो पुरस्कार उनले सित्तैमा गणितको ट्युसन पढाउन अनलाइन चलाएबाफत् पाएका हुन् । उनको यो अभियानबाट लकडाउनका कारण घरमै रहेका बालबालिकाहरु लाभान्वित भएका थिए ।

बालिकाहरुलाई विद्यालय शिक्षा दिन र बाल विवाह रोक्न भूमिका खेलेकाले रणजित सिंहलाई ‘ग्लोबल टिचर प्राइज’ बाट सम्मानित गर्ने निणर्यमा निर्णायकहरु पुगेको बीबीसीले उल्लेख गरेको छ । रणजितले पनि हरेक बच्चालाई शिक्षाको जन्मसिद्ध अधिकार प्राप्त होस् भनेर आफूले हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।

रणजितले ८३ देशमा अनलाइनमार्फत् विज्ञान विषय पढाउँछन् र एक अन्तर्राष्ट्रिय परियोजना चलाउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment