
१९ मंसिर, काठमाडौं । सबैतिर धानकै भात खान थालिएकाले नेपालमा खाद्यन्न आयात बढेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. योगेन्द्रबहादुर कार्कीले बताएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अन्तर्गतका कार्यालयहरुको चालु आर्थिक वर्षको प्रथम चौमासिक समीक्षा गोष्ठी उद्घाटन गर्दै कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीले यस्तो धारणा राखेका हुन् ।
‘नेपाली जनसंख्याका आधारमा वर्षमा १६ लाख टन खाद्यान्न बढी छ, तर भाते प्रवृत्तिले खाद्यान्नमा कमी देखिएको हो’ सचिव डा. कार्कीले भने ।
केही दिनअघि राष्ट्रपतिसँग भएको भेटमा पनि आफूले यही तथ्य बताएको सचिव कार्कीले बताए । कार्यक्रममा बोल्दै उनले मन्त्रालयअन्तर्गत सञ्चालित आयोजनाहरुलाईलाई थप प्रभावकारी ढंगले अघि बढाउन माताहतका निकायलाई निर्देशन पनि दिए ।
आयोजनाहरुको विषेश किसिमको अवधि तथा बजेट भएकाले अन्य कार्यालयका तुलनामा यिनीहरुले बढी प्रभावकारी ढंगले काम गर्नुपर्ने जरुरी भएको सचिव कार्कीको भनाइ थियो । मन्त्रालयले गरेका राम्रा कामहरुबारे प्रचार हुन नसकेको भन्दै उनले राम्रा काम बाहिर ल्याउन माताहतका निकायलाई आग्रह पनि गरे ।
‘बजार अनुगमन कार्य प्रभावकारी र पारदर्शी बनाउँदै आफूले सम्पादन गरेका राम्रा कामहरुलाई जनसमक्ष ल्याउन सञ्चारको सहयोग लिन जरुरी छ,’ सचिव कार्कीले भने ।
प्रतिक्रिया 4