Comments Add Comment

भारतको किसान आन्दोलनमा बेलायतका ३६ सांसदको साथ

२१ मंसिर, काठमाडौं । भारतमा चलिरहेको किसानको विरोध प्रदर्शनमा बेलायतका ३६ सांसदले समर्थन जनाएका छन् । उनीहरुले विदेशमन्त्री ठोनोमिक राबसँग भारतीय समकक्षी एस जयशंकरसँग यस विषयमा वार्ता गर्न आग्रह गरेका छन् । उनीहरुले भारतमा जारी प्रदर्शनको कारण बेलायतमा रहेका पञ्जाबीहरु प्रभावित भइरहेको बताएका छन् ।

शुक्रबार बेलायती सांसदहरुले एक विज्ञप्ति जारी गरेका थिए । यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले पनि भारतमा जारी किसान आन्दोलनमा आफ्नो समर्थन जनाएका थिए । उनले आफ्नो मुलुक विश्वको जुनसुकै मुलुकमा हुने शान्तिपूर्ण आन्दोलनको समर्थन गर्ने बताएका थिए । साथै दुवै पक्षको वार्ताको माध्यमबाट यो विवाद समाधान गरिनुपर्ने उनको भनाइ छ । त्यसका साथै भारतमा किसानमाथि प्रहरीले गरेको बल प्रयोगमा पनि ट्रुडोले आपत्ति जनाएका थिए । यस विषयमा भारतले भने क्यानडासँग आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएको थियो ।

भारतमा सरकारले ल्याएको कृषि सुधारको कानुनमा आपत्ति जनाउँदै किसानहरुले पछिल्लो केही समययता निरन्तर प्रदर्शन गरिरहेका छन् । सरकारसँग प्रदर्शनकारीहरुको वार्ता जारी रहे पनि अझै निष्कर्षमा भने पुग्न सकेको छैन ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

ऊ… ऊ… सगरमाथा !

Advertisment