Comments Add Comment

बर्गर खानका लागि हेलिकप्टर चढेर रेष्टुरेन्टमा, ८ हजारको बर्गर खान ३ लाख खर्च

जब मानिसमा कुनै इच्छाले चरम सीमा पार गर्दछ, तब उसले आम मानिसले कल्पना गर्न नसक्ने काम पनि गर्दो रहेछ ।

रुसमा एकजना धनाढ्यले एउटा यस्तै कार्य गरेर सबैलाई तीनछक पारिदिएका छन् । यदि पैसा र मन दुवै हुने हो भने रेष्टुरेन्टमा खाना खानका लागि हेलिकप्टर चढेर सयौँ किलोमिटरको यात्रा गर्न सकिन्छ भन्ने उनले देखाइदिएका छन् ।

ती रुसी अर्बपतिले केवल बर्गर खानका लागि रेष्टुरेन्टसम्म पुग्न हेलिकप्टर नै चढेर गए र त्यसक्रममा झण्डै ३ लाख रुपैयाँ बराबरको रकम खर्च गरे ।

बर्गर खानका लागि म्याकडोनाल्ड रेष्टुरेन्टसम्म पुग्नका लागि उनले हेलिकप्टर नै बुकिङ गरेका थिए ।

३३ वर्षीय भिक्टर मार्टिनोभ नामका ती व्यक्ति आफ्नी प्रेमिकासँगै क्रिमियाको अलुस्थामा छुट्टी मनाइरहेका थिए । उनलाई क्रिमियाको स्थानीय खाना खासै मन परेन र म्याकडोनाल्डको बर्गर खाने इच्छा जाग्यो ।

तर त्यहाँ नजिक म्याकडोनाल्ड थिएन । सबैभन्दा नजिकको म्याकडोनाल्ड रेष्टुरेन्ट नै ३ सय ६२ किलोमिटर टाढा थियो । जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ उनले हेलिकप्टर कम्पनीसँग हेलिकप्टर बुकिङ गराए र हेलिकप्टर चढेरै प्रेमिकासँग बर्गर खान म्याकडोनाल्ड रेष्टुरेन्टमा पुगे ।

समाचार अनुसार मार्टिनोभ र उनकी प्रेमिकाले म्याकडोनाल्डमा बर्गरसहित कुल ४९ पाउण्ड अर्थात् झण्डै ८ हजार रुपैयाँ बराबरको खानेकुरा खाए । तर ८ हजार रुपैयाँको बर्गर खानका लागि उनले २ हजार पाउण्ड अर्थात् झण्डै ३ लाख २० हजार रुपैयाँ हेलिकप्टर यात्रामा खर्च गरे ।

स्मरण रहोस् भिक्टर मार्टिनोभ मस्कोस्थित एक कम्पनीका सीईओ हुन् जसले हेलिकप्टर बिक्रि गर्दछ । उक्त घटनाका विषयमा उनी आफैले सोसल मिडियामा एक भिडियो अपलोड गरेर खुलासा गरेका छन् । त्यसमा उनले भनेका छन्, ‘म र मेरी प्रेमिका क्रिमियाको स्थानीय अर्गानिक खाना खाएर अघाएका थियौँ । हामीलाई सामान्य मेक्सिकन खाना खाने इच्छा थियो । त्यसका लागि हामीले एक हेलिकप्टर लियौँ र क्रास्नोडारका लागि उडान भर्यौं ।’

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

ऊ… ऊ… सगरमाथा !

Advertisment