Comments Add Comment

अस्ट्रेलियाको लगातार दोस्रो हार, भारतले एक खेल अगावै जित्यो टी-२० सिरिज

२१ मंसिर, काठमाडौं । भारतले अस्ट्रेलियाविरुद्धको टी२० सिरिज एक खेल अगावै जितेको छ । तीन खेलको ओडिआई सिरिज २-१ ले हारेको भारतले टी२० मा भने लगातार दुई खेल जित्दै सिरिज आफ्नो पक्षमा पारेको हो ।

सिड्नी क्रिकेट ग्राउण्डमा आइतबार भएको दोस्रो टी२० मा घरेलु टोली अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारतले टी२० सिरिज आफ्नो पक्षमा पारेको हो ।

बलिङमा शिखर टी नटराजनको उत्कृष्ट प्रदर्शन अनी ब्याटिङमा शिखर धवनको अर्धशतक र हार्दिक पाण्ड्याको आक्रमक ब्याटिङ मद्दतमा भारतले जित हात पारेको हो । नियमित कप्तान आरोन फिन्चको अनुपस्थितीमा कप्तानी सम्हालेका म्याथ्यु वेडले अर्धशतक प्रहार गरेपनि अस्ट्रेलियालाई जितको लागि पर्याप्त भएन । फिन्चसंगै मिचेल स्टार्क जोस हेजलउड जस्ता खेलाडी बिनै खेलेको अस्ट्रेलियाले ड्यानिएल साम्सलाई डेब्यु गराएको थियो ।

म्याथ्यु वेडको अर्धशतक मद्दतमा अस्ट्रेलियाले टस हारेर पहिले ब्याटिङ गर्दै ५ विकेट गुमाएर १९४ रन बनाएको थियो । जवाफमा भारतले १९.४ ओभर खेल्दै ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

भारतका लागि ओपनर शिखर धवनले ३६ बल खेल्द ४ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५२ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ३० र ओनर केएल राहुलले ३० रनको योगदान गरे । हार्दिक पाण्ड्याले २२ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा अविजति ४२ रन बनाए । उनले २० ओभरमा २ चौका प्रहार गर्दै भारतलाई २ बल अगावै जित दिलाए ।

अस्ट्रेलियाका लागि ड्यानिएल साम्स, एन्ड्रु ताये, मिच स्वेप्सन र एडम जाम्पाले समान १ विकेट लिए । किफायती बनेका स्वेप्सनले ४ ओभर स्पेलमा २५ रन खर्चिए ।

अस्ट्रेलियाका लागि उच्च स्कोर बनाउने क्रममा वेडले सर्वाधिक ५८ रन बनाए । उनले ३२ बल खेल्दै १० चौका र १ छक्का प्रहार गरे । यस्तै स्टिभ स्मिथले ३८ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा ४६ रन बनाए । मोएसिस अनरिकेजले २६ र ग्लेन म्याक्सवेलले २२ रन जोडे । तेस्रो ओडिआई र पहिलो टी२० चोटका कारण गुमाएका मार्कुस स्टोनिसले पुनरागमन गर्दै ७ बलमा अविजित १६ रन बनाए । ड्यानिएल साम्स ३ बलमा ८ रन बनाउदै अविजित रहे ।

बलिङमा भारतका लागि सबैभन्दा किफायती बनेका टी नटराजनले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुर र युजभेन्द्र चाहालले समान १ विकेट लिए । शार्दुलले ३९ र चाहालले ५१ रन खर्चिए ।

अस्ट्रेलिया र भारतबीचको तेस्रो तथा अन्तिम टी२० मंगलबार सिड्नीमै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment