Comments Add Comment

हुम्ला विमानस्थलका ११ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

२२ मंसिर, सुर्खेत । हिमाली जिल्ला हुम्ला विमानस्थलमा खटिएका ११ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

मंसिर २० गते स्वाब संकलन गरी सुर्खेतमा पीसीआर परीक्षण गर्न पठाएका मध्ये ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जल्ला अस्पताल हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।

सूचना अधिकारी फडेराका अनुसार यही मंसिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीको कन्ट्याक्ट ट्रेसिङ गर्दा १२ जनाको स्वाब संकलन गरीएको थियो ।
उनीहरु सबै होम आइसोलेसनमा बसेको र स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

योसँगै हुम्लामा कोरोना संक्रमितको संख्या ७८ पुगेको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ११ रहेको छ भने ६७ जना कोरोना संक्रमणमुक्त भइसकेका छन ।

कोरोनामुक्त घोषणा गरिएको हुम्लामा केही दिन अगाडि मात्रै सदरमुकाम सिमकोटदेखि उत्तरतिर पर्ने नाम्खा गाउँपालिकाको केन्द्र यालवाङमा ५६ जनामा कोरोना पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment