Comments Add Comment

नेपालमा हेलिकप्टर सेवा : १० वर्षमा १४ दुर्घटना

चार वर्षअघि नुवाकोटमा दुर्घटना भएको हेलिकप्टर ।

२२ मंसिर, काठमाडौं । छिनछिनमा परिवर्तन हुने मौसम, पहाडी तथा हिमाली भेगको अप्ठ्यारो भूगोल र पाइलटले लिने साहसिक निर्णयका कारण नेपालमा हेलिकप्टर उडान असुरक्षित बन्दै गएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार पछिल्लो १० वर्षमा नेपालमा १४ वटा हेलिकप्टर दुर्घटना भएका छन् । यी दुर्घटनामा कुनै न कुनै प्रकारको क्षति भएको छ । प्राधिकरणले सन् २०१९ सम्मको तथ्यांक संकलन गरी तयार पारेको रिपोर्टअनुसार २०१८ मा सबभन्दा धेरै चारवटा हेलिकप्टर दुर्घटनामा परेका थिए ।

२०१५, २०१६ र २०१९ मा भने दुई–दुई वटा हेलिकप्टर दुर्घटनामा परेको तथ्यांक छ । २०१९ फेब्रुअरीमा हेलिकप्टर दुर्घटनामै तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएको थियो । त्यस वर्ष हेलिकप्टर दुर्घटना ७ जनाको मृत्यु भएको थियो ।

दुर्घटनापछि गठन भएका अधिकांश छानबिन आयोगले हेलिकप्टर दुर्घटनामा मूख्य कारण नेपालको कठिन भौगोलिक अवस्थिति, छिनछिनमा परिवर्तन हुने मौसम र मौसम तथा भूगोलको परवाह नगरी उडान गर्ने पाइलटको निर्णयलाई मुख्य कारण मानेको पाइन्छ ।

तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा समेत यस्तै देखिएको थियो । हिमपातको समयमा मौसम खुलेको छोटो समयमा ताप्लेजुङको पाथीभराबाट उडाइहाल्न परेको दबाब र पाइलटले लिएको निर्णय घातक सावित भएको थियो ।

कठिन भौगोलिक क्षेत्रमा प्राकृतिक विपत र दुर्घटनाका बेला उद्दारका तथा ढुवानीमा पनि हेलिकप्टर सबभन्दा प्रभावकारी हुन्छ । भौगोलिक र मौसमको कारणले उडानमा बढी जोखिम पनि यस्तै क्षेत्रमा बढी हुन्छ ।

दूर्गम भेगमा पर्यटकीय आकर्षणका कारण पनि हेलिकप्टर प्रयोग बढेको छ । पर्यटकीय सिजनमा खुम्बु, अन्नपूर्ण र हुम्लाको सिमकोट क्षेत्रमा अधिक हेलिकप्टर उडान हुन्छ ।
भूगोल र मौसमलाई गम्भीरतापूर्वक ख्याल गरेर हेलिकप्टर उडाए दुर्घटना कम गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

हेलिकप्टर दुर्घटना र मानवीय क्षति

वर्ष दुर्घटना संख्या मानवीय क्षति
२०१०
२०११
२०१२
२०१३
२०१४
२०१५
२०१६
२०१७
२०१८
२०१९

सम्भव छ दूर्घटना न्यूनिकरण

मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार नेपालमा जमिन नजिक उड्ने एयरक्राफ्टलाई मौसम र भूगोलको अवस्थितिबारे यकीन जानकारी दिने प्रणाली छैन ।

काठमाडौंबाट पोखरा उडेको हेलिकप्टरलाई दुई विमानस्थलको मौसमबारे जानकारी हुन्छ, तर इनरुटको मौसमबारे यकीन हुँदैन । अरु जहाज निकै उचाईमा उड्ने हुँदा इनरुटका डाँडाकाँडामा ठोक्किने सम्भावना कम हुन्छ । हेलिकप्टर भने पाइलटले देख्ने भुगोललाई पन्छउँदै उड्नुपर्छ ।

नेपालमा सुविधा सम्पन्न हेलिप्याड पनि छैनन् । भएका हेलिप्याडहरुमा सुधार गरेर मानवीय कम, प्रविधिको भर बढी बनाएर दुर्घटना न्यून गर्न सकिने न्यौपाने बताउँछन् । फेरि हेलिकप्टरले त हेलिप्याड नभएको स्थानमा समेत ल्याण्ड गरी बिरामीको उद्धार गर्नुपर्ने हुन्छ ।

त्यसबेला जोखिम स्वतः बढी हुने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment