+
+
Shares

७२ अंकले बढ्यो नेप्से परिसूचक, सबै समूह हरियाली

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २२ गते १५:२१

२२ मंसिर, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार बढेर हरियाली देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७२ दशमलव २८ अंकले बढेर २ हजार ४ दशमलव ३९ अंकमा पुगेको छ ।

यसअघिको कारोबार आइतबार १२३ अंकले नेप्से परिसूचक घटेको थियो । आइतबारको तुलनामा सोमबार कारोबार रकम भने घटेको छ । तर कारोबार हुने कम्पनीको संख्या भने बढेको छ ।

आइतबार १९७ कम्पनीको ७ अर्ब २० करोड ९१ लाख ८० हजार रुपैयाँको कारोबार भएको थियो । सोमबार भने २०६ कम्पनीको ६ अर्ब ६६ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

६० हजार ५५ वटा कारोबारबाट १ करोड १९ लाख २० हजार ८ सय १९ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८ सय ३१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा कारोबार हुने सबै समूह बढेर हरियाली छाएका छन् । सबैभन्दा धेरै व्यापार समूह ६.५७ प्रतिशतले बढेको छ भने जीवन बिमा समूह६.०४ प्रतिशतले बढेको छ । यसैगरी बेंकिङ २.२३, होटल ३.०५, विकास बैंक २.०२, हाइड्रोपावर ५.९९, लघुवित्त४.३ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?