Comments Add Comment

पश्चिम सेती निर्माणको माग गर्दै ७५० डोका प्रदर्शन

२२ मङ्सिर कैलाली । पश्चिम सेती निर्माणको माग गर्दै बैतडीमा बोलन्या थली नामक संस्थाले ‘सपनाका ७५० डोका’ प्रदर्शन गरेको छ ।

७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाको कार्यान्वयनमा ढिलाइ गरिरहेको भन्दै सोमबार विरोध स्वरूप ७५० डोका प्रदर्शन गरिएको हो ।

बैतडीको ढुंगाड र डोटीको तलाराको बीचमा रहेको उक्त स्थानमा सपनाका डोका प्रदर्शन गरिएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए।

उक्त स्थानमा डडेल्धुरा, डोटी र बैतडीबाट डोकासहित स्थानीय प्रदर्शनमा आएका थिए ।

कार्यक्रममा बोल्दै संयोजक जोशीले राज्यले पश्चिम सेतीलाई विभेद गरेको आरोप लगाए । उनले भने, ‘अब पनि राज्यले पश्चिम सेती निर्माण चासो नदिए लडाकु दस्ता तयार पारेर संघर्ष गर्छाै ।’

बोलन्या थलीले पश्चिम सेतीका लागि यसअघि पनि विभिन्न दबाबमूलक कार्यक्रमहरू गर्दै आएको थियो ।

माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल, सङ्गीत सङ्घर्ष कार्यक्रम गरिसकेको छ । बोलन्या थलीले सरकारको खोजीको लागि भन्दै डोटीमा दिउँसै टुकी बालेर प्रदर्शन पनि गरेको थियो ।

पश्चिम सेती निर्माणमा ढिलाइ भइरहेको भन्दै सेती पुलमाथि सात सय ५० टुकी बालेर सरकारको साङ्केतिक विरोध गरिएको बोलन्या थलीले यस पटक ‘सपनाका ७५० डोका’ प्रदर्शन गरेर आन्दोलन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment