+
+
Shares

आगलागीमा परी एकजनाको मृत्यु, एकजना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २२ गते १६:१९

२२ मंसिर, काठमाडौं । कालीकोटको शुभकालिकास्थित एक घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।  शुभकालिका गाउँपालिका-३ बस्ने पृथ्वीबहादुर शाहीको घरमा आइतबार राति आगलागी हुँदा उनकी १५ वर्षीया छोरी हिरु शाहीको मृत्यु भएको हाे ।

आगो बाली सुतीरहेको अवस्थामा उक्त आगो नजिकै रहेको परालमा सल्किएर घरमा समेत आगलागीमा हुँदा उनी गम्भीर घाइते भएकी थिइन् । घाइते हिरुलाई जिल्ला अस्पताल कालिकोट हुँदै थप उपचारका लागि सुर्खेततर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीमा परी पृथ्वीकी १२ वर्षीया छोरी शर्मिला शाही गम्भीर घाइते भएकी छिन् । उनको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?