+
+
Shares

कोलकाता आगलागी घटनामा होटलका मालिक र प्रबन्धक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १८ गते १४:०१

काठमाडौं । भारतको कोलकातामा ऋतुराज होटलमा भएको आगलागी घटनामा होटलका मालिक र प्रबन्धक पक्राउ परेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार प्रहरीले ऋतुराज होटलका मालिक आकाश चावला र प्रबन्धक गौरव कपुरलाई बिहीबार बिहान पक्राउ गरेको हो ।

बीएनसीको धारा १०५ (हत्या नभई अपराधपूर्ण हत्या) र पश्चिम बंगाल अग्नि सेवा ऐन अन्तर्गत उनीहरू विरुद्ध मुद्दा दर्ता भएको थियो ।

मंगलबार कोलकाताको मच्छुआ क्षेत्रमा रहेको ऋतुराज होटलमा आगलागी हुँदा एक दर्जनबढी मानिसले ज्यान गुमाउनु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?