Comments Add Comment

भन्सार छलेर ल्याइएका साढे ८ लाखको सामान बरामद, एकजना पक्राउ 

२२ मंसिर, वीरगञ्ज । भन्सार छलेर ल्याइएका करिब ८ लाख ५० हजार मूल्य बराबरको सामानसहित बारा प्रहरीले एकजना महिलालाई नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका– १ छपकैयाँ बस्ने रुवि खातुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याएको अवस्थामा उक्त मूल्य बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । ४ लाख ५० हजारको तयारी तथा थान कपडा, १ लाख ५० हजारको प्याज र मालसामान ओसार पसारमा प्रयोग भएका २ लाख ५० हजार मुल्य बराबरका ४ वटा मोटरसाइकल बरामद भएको प्रहरीको भनाइ छ ।

खातुनलाई भन्सार छलीका समानसहित वीरगञ्ज भन्सार कार्यालयको जिम्मा लगाइएको प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

त्यसैगरी बारामा प्रहरीले प्रतिबन्धित लागूऔषध सहित एकजनालाई पक्राउ गरेको छ । पकहामैनपुर गाँउपालिका–१ धोरे बस्ने २२ वर्षीय जितेन्द्र सहनी पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश जितपुर तथा ईलाका प्रहरी कार्यालय सिमराको टोलीले आइतबार उनलाई जितपुरसिमरा उपमहानगरपालिका–७ केराढोकाबाट नियन्त्रणमा लिएको थियो । सडकमा चेकजाँच गर्ने क्रममा सहनीले बोकेको झोलाबाट लागूऔषध कोरेक्स ५ सय ५० बोतल फेला परेको थियो ।

उनीविरुद्ध ‘लागूऔषध ओसारपसार’ मुद्दामा बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment