Comments Add Comment

जापानमा थप ७ सय अर्ब डलरको आर्थिक प्याकेज घोषणा

जापानका प्रधानमन्त्री योसिहिदे सुगा

२३ मंसिर, टोक्यो । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोरोना भाइरसका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नेगरी मंगलबार थप आर्थिक प्याकेज ल्याइने घोषणा गरेका छन् ।

सरकार र सत्तारुढ पार्टीको बैठकमा सम्बोधन गर्दै उनले ७०७ अर्ब अमेरिकी डलरको आर्थिक प्याकेज सरकारले अघि सार्न लागेको जानकारी दिएका हुन् ।

यस आर्थिक प्याकेजबाट कोभिड–१९ महामारीबाट सिर्जित नकारात्मक आर्थिक प्रभावलाई कम गर्न सहयोग पुग्ने प्रधानमन्त्री सुगाले विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री सुगाले रोजगारी कायम राख्ने, व्यवसायलाई निरन्तरता दिने, अर्थव्यवस्थालाई पुनर्जीवित तुल्याउने तथा हरित एवं डिजिटल प्रविधि लगायतको विकासको ढोका खोलिने बताए ।

आजै मंगलबार मन्त्रिपरिषदको बैठकले नयाँ आर्थिक प्याकेजलाई अनुमोदन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment