+
+
Shares

दीपकराज र निरुता मेरा मनपर्ने नायक–नायिकाः नम्रता श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २३ गते ११:४४

‘मिस नेपाल २०२०’को उपाधि जितेपछि नम्रता श्रेष्ठ निकै खुशी छिन् । विगत ४ बर्षदेखि उनी यो उपाधिका लागि मिहिनेत गरिरहेकी थिइन् । अन्ततः उनले आफ्नो सपना पुरा गरिन् । अब उनको सपना ‘मिस वर्ल्ड’मा नेपालको दरिलो उपस्थिती बनाउनु हो ।

नम्रता पेशाले शिक्षिका हुन् । तर, ‘मिस नेपाल’का लागि तयारी थालेपछि उनले पढाउने काम छाडिन् । नेपालका धेरै ‘मिस नेपाल’हरु चलचित्र क्षेत्रको यात्रामा छन् । कतिपयको चलचित्र यात्रा सुखद नै भएपनि धेरैको यात्रा भने सुखद रहेन । के तपाई पनि पछि नायिका बन्न चाहनुहुन्छ भन्ने अनलाइनखबरको प्रश्नमा नम्रताले भनिन्–‘नेपाली चलचित्र क्षेत्रमा २ जना नम्रता श्रेष्ठ पहिल्यै हुनुहुन्छ । सबैको आ–आफ्नो रहरको कुरा हो । मलाई भने विद्यालय खोलेर विद्यार्थीहरुलाई नयाँ भविष्य देखाउन मन छ ।’

नम्रताको मनपर्ने नायक–नायिका को होलान् ? उनले भनिन्–‘मलाई नायक दिलिप रायमााझी खुबै मनपर्छ । म उहाँको फ्यान हुँ । कलाकार दीपकराज गिरी पनि खुबै मनपर्छ । उहाँको सेन्स अफ ह्यूमर गज्जबको छ । नायिकामा मलाई निरुता सिंह मनपर्छ । निरुता दिदीको अभिनयले मलाई आकर्षित गरेको छ ।’

नम्रताले नेपाली चलचित्रलाई नजिकबाट वुझेकी छिन् । तर, यही क्षेत्रमा लागेर करिअर बनाउने योजना भने उनको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?