+
+

प्रेस प्रतिनिधि प्रमाणपत्र जिल्ला हुलाक कार्यालयबाटै लिन पाइने

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २४ गते १६:५२

२४ मंसिर, काठमाडौं । पत्रकाहरुले जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र लिन वा नवीकरण गर्न पाउने भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्रीले सूचना विभागका महानिर्देशकको अधिकार प्रत्यायोजनको निर्णय गरेका हुन् ।

अब प्रेस प्रतिनिधि प्रमाणपत्र लिन जिल्ला हुलाक कार्यालयमा निवेदन दिनुपर्नेछ । त्यही कार्यालयमा आवश्यक कागजपत्र हेरेर विभागमा पठाउनेछ र प्रेस प्रतिनिधि प्रमाणपत्र पठाउनेछ ।

यस्तै प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन नवीकरणको अधिकार जिल्ला हुलाक कार्यालयलाई नै दिईको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?