Comments Add Comment

‘किसान क्रेडिट कार्ड’ जारी गर्न कृषि बैंकले माग्यो राष्ट्र बैंकसँग स्वीकृति

२४ मंसिर, काठमाडौं । कृषि विकास बैंकले किसान क्रेडिट कार्ड जारी गर्न तयार पारेको एपहरुको परीक्षण सकेर नेपाल राष्ट्र बैंकसँग स्वीकृति माग गरेको छ ।

बैंकका सूचना अधिकारी हिमाल पौडेल कार्यविधि समेत बनिसकेकोले अब राष्ट्र बैंकबाट स्वीकृति पाएपछि कार्ड कार्यन्वयनमा आउने बताउँछन् । राष्ट्र बैंकको स्वीकृति लगत्तै थप एक चरण प्रविधि परिक्षण गरेर कार्यन्वयनमा जाने उनले बताए ।

‘पुनः परिक्षणको लागि बढीमा एक महिना लाग्नसक्छ,’ पौडेलले भने, ‘त्यसलगत्तै पाईलट परियोजनाको रुपमा केही क्षेत्रका किसानमा क्रेडिट कार्ड वितरण हुन्छ ।’

यो पनि पढ्नुहोस ऋणमा सहुलियतदेखि किसानलाई क्रेडिट कार्डसम्म

ती कार्डमा देखिनसक्ने कमजोरीमा सुधार गर्दै देशभर वितरण गरिने पौडेलले बताए ।

कस्तो हुन्छ किसान क्रेडिट कार्ड

किसान क्रेडिट कार्ड हाल प्रयोगमा रहेको एटीएम वा भिसा कार्ड जस्तै हुन्छ । एटीएम र भिसा कार्डमा चिप्स हुन्छ । किसान क्रेडिट कार्ड भने क्युआर कोडमा आधारित हुने भएकोले एटीएम बुथमा चल्दैनन् ।

सूचना अधिकारी पौडेलका अनुसार, यो कार्ड लिएका किसानले कृषि विकास बैंकबाट लिएको ऋणको किस्ता झिक्न चेक बोक्न पर्दैन । उनी भन्छन्, ‘बैंकले गाउँगाउँमा खडा गर्ने नगद भुक्तानी प्रदायक मार्फत किसानले कृषि कर्मकालागि चाहिएको बेला नगद लिन सक्ने व्यवस्था किसान क्रेडिट कार्डले गर्छ ।

उनका अनुसार, देशभर कृषि विकास बैंकका कुनै पनि शाखाबाट ऋण लिएका कृषकले क्रेडिट कार्ड पाउँछन् । क्रेडिट कार्ड र बैंकले बनाएको किसान एप अर्कामा अन्तर सम्बन्धित हुन्छन् ।

किसानले बैंकमा स्वीकृत गराएको ऋणको निश्चित रकम कार्डमा लोड गरिन्छ भने किसान एपमा किसानको प्रोफाइल हुन्छ । यसलाई खोल्न, पढ्न र जानकारी थप गर्न किसानलाई बैंकले यूजर आईडी र पासवर्ड दिन्छ ।

सूचना अधिकारी पौडेलका अनुसार, दोस्रो चरणमा कार्डले किसानलाई पूँजी, बीउ जस्ता उत्पादनका साधनदेखि बजारसम्म जोड्ने आपूर्ति शृङ्खला बनाउँनेछ । बैंकको सफ्टवेरमा किसानले लिएको ऋण, सरकारबाट पाएको अनुदान, कृषि उत्पादनको अवस्था, कृषि औजार उपलब्धता, उत्पादनको बजारीकरण र मूल्यसमेतको सूचना डासबोर्डमार्फत लिन सक्ने, किसान आफूले पनि राख्न सक्नेछन् ।

यो पनि पढ्नुहोस ‘कृषिको नेतृत्व लिन हामी तयार थियौँ’

कृषि उत्पादनको समग्र चक्रसहित किसानलाई बजार र कृषिसँग सम्बन्धित सबै नियकासंग क्रेडिट कार्डले जोड्ने बैंकले जनाएको छ । कृषि विकास बैंकबाट कृषि कर्जा लिएपछि ऋणको प्रकृति अनुसार केही रकम किसानले पहिल्यै लैजान्छन् । अर्को चरणको रकम लिन किसानले चेकको साटो क्रेडिट कार्ड प्रयोग गर्छन् ।

त्यसका लागि कृषि किकास बैंकले हरेक गाउँमा भुक्तानी प्रदायक तोक्छ । बैकले कृषकलाई पैसा चाहिएको सूचना पाएपछि ति भुक्तानी प्रदायकलाई एक पटक प्रयोग हुने यूजर आईडी र पासवर्ड उपलब्ध गराउँछ र सोही आधारमा किसानलाई रकम पाउँँछन् ।

किसानलाई आवश्यक नगद स्थानीय तहमै उपलब्ध गराउनु कार्डको उद्येश्य रहेको बैंकले जनाएको छ । बैंकको सिस्टमबाटै स्थानीय कृषि कारोबार गराउनु कार्डको विशेषता हुनेछ । एटिएम मिसिनमा जस्तो कार्डले पैसा निकाल्ने अवस्था भने तेस्रो चरणमा हुने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment