२५ मंसिर, काठमाडौं । दक्षिण अफ्रिकी क्रिकेट टिमले १४ वर्षपछि पाकिस्तान भ्रमण गर्ने भएको छ ।
दुई टेष्ट र तीन टी-२० सिरिजका लागि दक्षिण अफ्रिका आगामी जनवरीमा पाकिस्तान जाने भएको हो । पछिल्लो पटक दषिण अफ्रिकाले सन् २००७ मा पाकिस्तान भ्रमण गरेको थियो ।
दुई देशबीचको टेष्ट खेल कराँची र रावलपिन्डीमा हुनेछ हुने टी-२० सिरिजका सबै खेल लाहोरमा हुनेछ । पाकिस्तानमा दक्षिण अफ्रिकाले पहिलो पटक टी-२० सिरिज खेल्न लागेको हो । टेष्ट सिरिज वर्ल्ड टेष्ट च्याम्पियनसिप अन्तर्गत खेलिनेछ ।
जनवरी २६ देखि फेब्रुवरी १४ सम्म खेलिने उक्त सिरिजका लागि दक्षिण अफ्रिकी टोली जनवरी १६ मा पाकिस्तान प्रस्थान गर्नेछ जसपछि क्वारेन्टाइनमा बस्नेछ।
क्वारेन्टाइनपछि भ्रमण टोलिले पहिलो टेस्ट सुरु हुनु अगाडि इन्ट्रास्क्वाड गेम खेल्नेछ ।
‘दक्षिण अफ्रिकाको टिम १६ जनवरीमा कराँची पुग्नेछ । र, नेश्नल स्टेडियम कराँचीमा २६ बाट ३० जनवरीको बीचमा पहिलो टेष्ट म्याच खेल्नेछ,’ पाकिस्तान क्रिकेट बोर्डले भनेको छ, ‘त्यसपछि रावलपिन्डीकमा फेब्रुअरी ४ देखि ८ सम्म दोस्रो टेष्ट खेल्नेछ । गद्धाफी स्टेडियम लाहोरमा ११, १३ र १४ फेब्रुअरीमा तीन टी२० अन्तर्राष्ट्रिय म्याच खेल्नेछ ।’ बोर्डले भनेको छ ।
खेल तालिका
पहिलो टेस्ट : जनवरी २६-३०, कराँची
दोस्रो टेष्ट : फेब्रुअरी ४-८, रावलपिन्डी
पहिलो टी-२० : ११ फेब्रुअरी, लाहोर
दोस्रो टी-२० : १३ फेब्रुअरी, लाहोर
तेस्रो टी-२० : १४ फेब्रुअरी, लाहोर
प्रतिक्रिया 4