Comments Add Comment

५ किलो चरेससहित दुई जना पक्राउ

२५ मंसिर, वीरगञ्ज । पर्साबाट प्रहरीले लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । पर्सागढी नगरपालिका–९ हरिहरपुर बस्ने ३७ वर्षीय भिमप्रसाद यादव र २२ वर्षीय घनश्याम यादव पक्राउ परेका हुन् ।

उनीहरुलाई सखुवाप्रर्सौनी गाउँपालिका– २ श्रीपुर पचगवाबाट लागूऔषध चरेससहित पक्राउ गरिएको थियो । उनीहरु चढेको बीआर २२ एपी ८८२३ नम्बरको पल्सर मोटरसाइकल रोकी चेकजाँच गर्दा उनीहरुको साथबाट १० पोका (५ किलो) चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले बुधबार दिउँसो २ बजे उनीहरुलाई पक्राउ गरेको थियो । दुवै जनालाई जिल्ला कार्यालयमा ल्याई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment