Comments Add Comment

प्रदेश १ मा थप तीनजना कोरोना संक्रमितको मृत्यु

२५ मंसिर, विराटनगर । कोरोना भाइरस (कोभिड-१०) संक्रमणका कारण प्रदेश १ मा थप तीनजनाको मृत्यु भएको छ । सुनसरी, झापा र मोरङका एक/एकजना कोरोना स‌क्रमितको मृत्यु भएको हो ।  दुई जनाको उपचारका क्रममा अस्पतालमा र एकजनाको होम आइसोलेसनमा मृत्यु भएको हो ।

विराटनगरको नोबेल मेडिकल कलेजमा सुनसरीको रामधुनी–७ का ६३ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ । २३ मंसिरमा कोरोना पोजेटिभ देखिएका वृद्धको बिहीबार बिहान मृत्यु भएको हो ।

झापाको दमक–१० का ६९ वर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा पुर्याउँदै गर्दा मत्यु भएको छ ।

कोरोना पोजेटिभ देखिएपछि उनलाई नोबेल मेडिकल कलेज भर्ना गरिएको थियो । थप उपचारका लागि बुधबार बेलुका कोसी कोभिडमा लगिएको थियो । कोसीमा पुगे लगत्तै उनको मृत्यु भएको थियो ।

अक्सिजनको मात्र कम भएका वृद्धलाई नोबेलमा अक्सिजन लगाएर राखिएको थियो । कोसी कोभिडमा एम्बुलेन्सबाट उतारेर भर्ना गर्न ढिलो गरेका कारण मृत्यु भएको आफन्तले बताए । वृद्धलाई मधुमेह, उच्च रक्तपाचको समस्या थियो ।

मोरङको उर्लाबारी–१ का ८४ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । बुधबार राति मृत्यु भएका वृद्धलाई दमको समस्या बढेपछि आफन्तले विराटनगरको ग्रीनक्रस अस्पतालमा मंसिर २० गते भर्ना गरेका थिए । २२ गते कोरोना पोजेटिभ देखिएपछि उनलाई घरमै लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment