Comments Add Comment

सार्क सम्मेलन गर्न नेपालले गरिरहेको पहलको पाकिस्तानद्वारा प्रशंसा

२५ मंसिर, काठमाडौं । दक्षिण एसियाली सहयोग संगठन (सार्क) को अवरुद्ध शिखर सम्मेलन सकेसम्म चाँडो आयोजना गर्नका लागि नेपालले गरिरहेको पहलको पाकिस्तानले स्वागत गरेको छ ।

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँगको भेटमा पाकिस्तानका विदेश सचिव सोहेल मोहमदले यस्तो धारणा राखेका हुन् ।

‘सार्क प्रक्रियालाई अगाडि बढाउन सार्कको अध्यक्ष मुलुकको हैसियतमा खेलेको भूमिकाप्रति विदेश सचिवले प्रशंसा गर्नुभएको छ,’ पाकिस्तानको विदेश मन्त्रालयले उल्लेख गरेको छ । भेटमा नेपाल र पाकिस्तानको बीचमा रहेको बहुआयामिक सम्बन्धको बारेमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सन् २०१४ यता सार्कको कुनै पनि शिखर सम्मेलन हुन सकेको छैन । सन् २०१६ मा पाकिस्तानको राजधानी इस्लामावादमा तय भएको सार्कको १९ औं सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको थियो ।

यतिबेला सार्कको अध्यक्षता नेपालले गरिरहेको छ भने सार्क सम्मेलनको आयोजक मुलुक पाकिस्तान हो । नेपालले सार्क सम्मेलन सकेसम्म चाँडो गर्नका लागि अन्य सदस्य मुलुकहरुसँग आग्रह गरिरहेको छ तर सहमति जुट्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment