+
+
Shares

नवलपुरका कोरोना संक्रमित पुरुषको चितवनमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २६ गते १६:४९

२६ मंसिर, काठमाडौं । चितवन मेडिकल कलेज भरतपुरमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार नवलपुरको कावासोती नगरपालिका-१६ का ५२ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार बिहान ११:४५ बजे मृत्यु भएको हो ।

पोखरास्थित प्रोभिन्स पब्लिक हेल्थ लेबोरेटरीमा मंसिर १० गते गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्यमा समस्या भएपछि उनी मंसिर १६ गते उपचारका लागि मेडिकल कलेजमा भर्ना भएका थिए । डा. लम्सालका अनुसार उनी मधुमेहका बिरामी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?