+

सर्वाधिक पुरस्कार राशीको ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्सलाई

२०७७ मंसिर  २६ गते १६:५५ २०७७ मंसिर २६ गते १६:५५
सर्वाधिक पुरस्कार राशीको ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्सलाई

२६ मंसिर, काठमाडौं । नेपालका उदियमान युवा खेलाडी प्रिन्स दाहालले सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता आफ्नो पक्षमा पारेका छन् ।

तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप -२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय पुरुष एकलको शुक्रबार भएको फाइनल खेलमा सिल्क ग्रुपका प्रिन्सले आर्मीका नवीन श्रेष्ठलाई २१-१४, २१-१० को सोझो सेटमा पराजित गर्दै उपाधी जितेका हुन् ।

प्रिन्सले नगद एक लाख ११ हजार १११, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यस्तै उपविजेता नवीनले नगद ५५ हजार, ५ ५५ हात पारे .

सेमिफाइनलमा नेपाल नम्बर एक खेलाडी सेनाका रत्नजित तामाङलाई पराजित गरेका प्रिन्सले आत्मविश्वासका साथ खेल्दै प्रतियोगितालाई आफ्नो पक्षमा पार्न सफल भएका थिए ।

‘रत्न दाइसँगको जितले मलाई हौसला बढेको छ । म आफ्नो पूरा खेल खेल्छु, विपक्षीलाई कमजोर ठान्न हुँदैन,’ प्रिन्सले खेल्नु अघि भनेका थिए । त्यसैलाई मनन गर्दै खेलेका प्रिन्सले सिनियर खेलाडी नवीनलाई खेलमा हाबी हुन दिएनन् ।

तृतीय स्थान प्राप्त गरेका सेनाका रत्नजित र रुकेश महर्जनले जनही नगद १० हजार प्राप्त गरे ।

विश्व महामारीको रुपमा रहेको कोरोनाका कारण खेलबाट बञ्चित रहेका राष्ट्रि खेलाडीहरुका लागि यो निकै नै महत्वपूर्ण प्रतियोगिता समेत रहेको थियो । प्रतियोगिता आयोजना गरेकोमा राष्ट्रिय खेलाडीहरुले आयोजकलाई धन्यवाद प्रदान गरे ।

मंसिर २१ गते देखि संचालित तोप २१ को आयोजना तथा चौतारा साँगाचोकगढी नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगितामा १६ राष्ट्रिय खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रिन्स दाहाल ब्याटमिन्टन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय