Comments Add Comment

नारायणकाजीलाई कमानसिंहसँग जोडेर अनावश्यक प्रचार नगरौं : प्रचण्ड

२८ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कमानसिंह लामा र हाइड्रोपावरको विवादमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा जोडेर प्रचार भएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकले केन्द्रीय सदस्य लामाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा अध्यक्ष प्रचण्डले लामा र हाइड्रोपावरको विवादमा प्रवक्ता श्रेष्ठलाई मुछेर अनावश्यक प्रचार भएको भन्दै त्यसको भ्रममा नगर्न र त्यस्तो प्रचारमा नलाग्न आग्रह गरेका छन् ।

प्रचण्डले बैठकमा बताएअनुसार उनले समेत कमानसिंह लामा र होइड्रोका व्यक्तिलाई राखेर कुरा गरेका थिए । प्रवक्ता श्रेष्ठले पनि ‘तपाईंहरु सबै आफ्नै साथीहरु भएकाले मिल्नुस्’ मात्र भनेको प्रचण्डले बैठकमा जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment