Comments Add Comment

गोल्डेन ब्वाइ अवार्ड पाएपछि हालान्ड भन्छन् : म डर्टमण्डमै खुशी छु

३० मंसिर, काठमाडौं । एर्लिन हालान्डले आफू जर्मन क्लब बोरुसिया डर्टमण्डै खुशी रहेको बताएका छन् । भविष्यमा हुने ट्रान्सफरलाई लिएर हल्ला चलिरहेका बेला हालान्डको प्रतिक्रिया आएको हो ।

इटालियन पत्रकारका अनुसार यी युवा स्ट्राइकरलाई अनुबन्ध गर्ने विषयमा युभेन्ट्सको नाम पनि आएको छ। ‘यो उनीहरुले भनिरहेका छन् । तर मैले कहिल्यै यसो भनेको छैन’ हालान्डले युभेन्टसको हल्लाबारे भने, ‘म एक वर्षदेखि बोरुसिया डर्टमण्डमा छु । म यहाँ ठीक छु । म यहाँ खुशी छु ।’

नर्वेजियन स्टार हालान्डका लागि ट्रान्सफरमा ठूलो रकमको कुरा भइरहेको छ । सुपर एजेन्ट मिनो राइओलासंग काम गरिरहेका उनले गोल्डेन ब्वाई अवार्ड ग्रहण गरेपछि भने ‘माइनले मलाई धेरै सहयोग गरेका छन् । उनी विश्वकै उत्कृष्ट एज्नट हुन । म आफ्नो करियरमा उनीसंगै अघि बढ्न चाहन्छु ।’

टुटोस्पोर्ट्सले २१ वर्षमुनिको उत्कृष्ट खेलाडीलाई गोल्डेन ब्वाई अवार्ड दिँदै आएको छ । ‘यो ठूलो अवार्ड हो । यसमा म गौरवान्वित छु । यसले मलाई अझ राम्रो गर्न प्रेरित गर्छ र मैले चाहेको अरु उद्देश्य पूरा गर्न सहयोग गर्छ’ उनले भने ।

यस्तै हालान्डले दी फिफा बेस्ट अवार्डको मनोनयनमा परेको बायर्न म्युनिखका फरवार्ड रोवर्टो लेवान्डोस्कीले जस्तै जित चाहेको बताएका छन् । लेवान्डोस्कीसंगै क्रिस्टियानो रोनाल्डो र लिओनल मेसी बेस्ट अवार्डको अन्तिम ३ मा परेका छन् ।

‘लेवान्डोस्की विश्वका उत्कृष्ट खेलाडीहरुमध्ये एक हुन्’ हालान्डले अवार्डबारे भने, ‘मैले उनलाई हेरिरहेको छु । उनले जे जितिरहेका छन् म त्यो जित्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment