+
+
Shares

अध्यादेशबारे जनार्दन शर्माले भने : सत्ता स्वार्थको पराकाष्ठा किन ?

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३० गते १६:०८

३० मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नुलाई हताश मनस्थिति भनेका छन् । मंगलबार ट्विटरमार्फत उनले सरकारलाई अध्यादेश फिर्ता लिन पनि आग्रह गरेका छन् ।

सरकारले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश २०७७ जारी गरेपछि उनले छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा लिनु असफलताको बाटो हुने टिपणी गरेका छन् ।

शर्माले लेखेका छन् ‘फेरि अध्यादेश ! सत्ता  स्वार्थको  परकाष्ठा किन  ? छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन । हतास मनस्थिति बाट मुक्त होऔ ! अध्यादेश फिर्ता गर ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?