+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

आजदेखि खुले घोडेपानी र पुनहिलका होटल

रासस रासस
२०७७ पुष १ गते ९:१७
पुनहिल

१ पुस, म्याग्दी । विगत नौ महिनादेखि बन्द रहेका म्याग्दीका पर्यटकीय क्षेत्रका होटल र धार्मिकस्थल आजदेखि पर्यटक र भक्तजनका लागि खुला गरिएको छ । कोभिड–१९ का कारण बन्द भएका राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने विश्व प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलका होटल नौ महिनापछि आजदेखि खुला भएका छन् ।

त्यसैगरी म्याग्दीका गलेश्वरधाम, महारानी थान र अन्य मठमन्दिर पनि भक्तजनका लागि खुला गरिएको छ ।

स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरेर बन्द रहेका होटल, रेष्टुरेन्ट र धार्मिकस्थल खुला गर्न लागिएको हो । घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजा पुनले घोडेपानीमा आन्तरिक पर्यटक आउन थालेका छन् भन्दै लामो समयसम्म होटल बन्द रहँदा व्यवसायमा पनि असर गरेकाले सुरक्षा सतर्कता अपनाएर आजदेखि यहाँका सम्पूर्ण होटल खुला गरिएको जानकारी दिए ।

घोडेपानी

‘जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरेर होटल सञ्चालन गर्न लागेका हौँ’, पुनले भने, ‘लामो समयसम्म होटल बन्द हुँदा व्यवसाय पनि चौपट भयो, अब हामी आन्तरिक तथा बाह्य पर्यटकको स्वागतका लागि स्वास्थ्य सावधानी अपनाउँदै तम्तयार भएर बसेका छौँ, आजदेखि यहाँका सबै होटल खुला भएका छन् ।’

त्यसैगरी पश्चिम म्याग्दीको पशुपतिनाथका नामले परिचित म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम पनि भक्तजनका लागि खुला गरिएको छ ।

सोमबार विशेष भीड लाग्ने गलेश्वर शिवालयमा उच्च सुरक्षा सतर्कताका साथ भक्तजनलाई दर्शन र पूजाआजाको व्यवस्था मिलाइको गलेश्वर क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिए । ‘आजदेखि भक्तजनका लागि मन्दिर खुला गर्ने भएका छौँ, मन्दिरमा प्रवेश गर्र्न र बाहिर निस्कनका लागि अलग–अलग द्वारको प्रयोग गरिनेछ, मन्दिरको ढोकाबाट प्रवेश गर्दा साबुनपानीले हात धुनुका साथै मास्क लगाउन अनिवार्य गरिएको छ’, बानियाँले भने ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले सम्बन्धित मन्त्रालयको निर्णयानुसार तत्तत् क्षेत्रका स्थल खुला गर्न सकिने बताए । त्यसका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उनको भनाइ थियो ।

लामो समयदेखि बन्द रहेका होटल तथा धार्मिकस्थल खुला हुन थालेपछि बजार क्षेत्रमा चहलपहल देखिन थालेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?